Rule 29
पदनाम दिइने
(१) ऐनको दफा १७ को उपदफा (३) बमोजिम स्वास्थ्य सेवाका
देहायका पदमा देहायका योग्यता प्राप्त गरेका कर्मचारीलाई देहाय बमोजिम पदनाम
दिइनेछ :-
(क) मान्यता प्राप्त शिक्षण संस्थाबाट सहायक स्वास्थ्य परिचारक कोर्ष उत्तीर्ण
गरी चौथो तहमा स्तरबृद्धि भएका ग्रामीण स्वास्थ्य कार्यकर्तालाई
सहायक स्वास्थ्य परिचारक,
(ख) मान्यता प्राप्त शिक्षण संस्थाबाट सहायक स्वास्थ्य परिचारिका कोर्ष
उत्तीर्ण गरी चौथो तहम स्तरबृद्धि भएका मातृशिशु कार्यकर्तालाई
सहायक स्वास्थ्य परिचारिका,
(ग) मान्यता प्राप्त शिक्षण संस्थाबाट विज्ञान विषय लिई प्रवेशिका उत्तीर्ण
गरी कम्तीमा तीन महिनाको रेडियोग्राफी तालीम प्राप्त गरी सहायक
चौथो तहको रेडियोग्राफी पदमा कार्यरत कर्मचारीलाई डार्करुप सहायक,
(घ) पाँचौ तहको लागि निर्धारित शैक्षिक योग्यता हासिल गरी पाँचौ तहमा
स्तरबृद्धि भएका स्वास्थ्य सेवाका कर्मचारीलाई अनुसूची–३ बमोजिम
सम्बन्धित समूहको पाँचौ तहको पदनाम ।
(२) मन्त्रालयले उपनियम (१) बमोजिम पदनाम पाएका कर्मचारीको कार्य
विवरण तयार गरी लागू गर्नेछ ।